May 5, 2026

खनिउको रुखमा झुण्डिए श्रीमान् श्रीमती

0

झापा,

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा नबविवाहिता श्रीमान श्रीमतीले आत्महत्या गरेका छन् ।गाउँपालिकाको ५ नम्बर वडा स्थित माने भञ्ज्याङ्का २३ बर्षीय दिलकुमार बुढाथोकी र उनकी २७ बर्षीय श्रीमती सम्झना राई ९बुढाथोकी०ले सोमबार घर नजिकैको खनिउको रुखमा झुण्डीएर आत्महत्या गरेका हुन् ।


दोस्रो विवाह गरेका दुबैले परिवार र आमा बुबाका लागी केहि गर्ने इच्छा हुदा हुदै पनि केहि गर्न नसकिएकोले आत्महत्या रोजेको उल्लेख गरिएको आत्महत्या गर्न अघि लेखेको सुसाइड नोट घटना स्थलमा भेटिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । दिल कुमार र सम्झना दुबैको दोस्रो विवाह हो । सम्झनाको जेठा श्रीमान पटीको एउटी छोरी छ । गाउँपालिका अध्यक्ष राईले उनीहरुले लेखेको सुसाइड नोटका आधारमा केहि आन्तरिक तनावमा दुबै विच सहमतीमा नै आत्महत्या भएको हुनसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *