May 14, 2026

सुत्केरी र गर्भवतीलाई अण्डा र घ्यू

0

बनेपा,

पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरिएको छ ।

मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष सञ्जय तामाङले बताउनुभयो । उहाँका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ ।

“अभियानको पहिलो दिन १४ जना गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।”

गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । त्यससँगै सुत्केरी पछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको समेत व्यवस्था गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु गरिने वडाध्यक्ष तामाङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *