June 13, 2026

प्रदेशबाट झापाका खोलाको अनुगमन

0

लक्ष्मी उप्रेती/काँकरभिट्टा,

१ नम्बर प्रदेश सरकार अन्तर्गतको प्राकृतिक स्रोत तथा भौतिक पूर्वाधार विकास समितिले सोमबार झापा जिल्ला अन्तर्गत मेचीनगर, अर्जुनधारा नगरपालिका तथा बुद्घशान्ति गाउँपालिकाभित्रका नदी तथा त्यसमा सञ्चालित क्रसर उद्योगको स्थलगत अवलोन गरेको छ ।

समितिका सभापति एवम् प्रदेश सभा सदस्य सर्वध्वज साँवासहितको टोलीले मेचीनगर नगपालिका भित्रको मेची, निन्दा, बुद्घशान्ति गाउँपालिकाभित्रको टिमाई मेचीनगर नगपालिका र बुद्घशान्ति गाउँपालिकाभित्रको हडिया अर्जुनधारा नगरपालिकाभित्रको टाङटिङ विरिङ नदीको प्राकृति स्रोतसँग सम्बन्धितक्षेत्रहरुको अवलोकन गरेको हो ।
सभापति एवम् प्रदेश सभा सदस्य साँवाका अनुसार अहिले जसरी विभिन्न सञ्चार माध्यममा खोला उत्खननका बारेमा आएको समाचार अनुसार जहाँ जहाँ खोलानालाहरु खास गरेर धेरै दोहोन भएका ठाउँहरुको अनुगमन गरिएको हो ।

कुन स्तरसम्म दोहोन भएका छन् मापदण्ड विपरीत उत्खनन भएको छ कि छैन् भन्ने जानकारी लिनका लागिका अनुगमन गरिएको र यसलाई व्यवस्थित गर्नका निमित्त र अहिले प्रदेशमा यहि सम्बन्धि विधेयकहरु पेश भइरहेको हुदाँ आप्राकृतिक ढंगले दोहोन भएका छन् त्यसलाई नियन्त्रण गर्नका निमित्त के कस्ता कानुनहरु बनाउनु पर्छ भन्नका लागिसमेत अनुगमन गरिएको हो ।
मेचीनगरकाक्षेत्रमा गिटी वालुवा भन्दा बढी ढुङ्गा बढी प्रयोग गरिएको खासै अप्राकृतिकरुपमा दोहोन भएको नपाइएको उहाँको भनाई थियो ।

टोलीले प्राकृतिक स्रोतहरुको अवस्था, त्यहाको उत्खननको अवस्था र भावी दिनमा १ नम्बर प्रदेश सरकारकोतर्फबाट प्रदेश सभाले बनाउने नीतिहरुको तर्जुमा गर्नका निमित्त टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण र अवलोन गरिएको समितिका सदस्य तथा १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुडाथोकीले बताउनुभयो ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा मेचीनगरक्षेत्रभित्रका खोलाबाट २ लाख १६ हजार ६ सय ६५ घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री हुने टोलीलाई जानकारी गराउनुभयो ।

नगरपालिकाले मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था सम्बन्धि ठेक्का बन्दोबस्तको कबुलियतनामासहितको सम्झौता पत्रका भएको थियो ।

मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदनका अनुसारका स्थानमा प्रतिवेदनमा तोकिएको परिमाणभन्दा बढी नहुने गरी नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था गर्न ठेक्का बन्दोबस्तका लागि मेचीनगर नगर कार्यपालिकाको कार्यालयबाट आव्हान भएको सार्वजनिक बोलपत्र इ विडिडङ मार्फतबाट अधिकतम मुल्य अभिवृद्घि कर र अग्रिम आयकर बाहेक ४ करोड ३३ लाख ३३ हजार रुपैयाँ ठेक्का अंक रहेको र मंसिर २० गतेदेखि ठेक्का अवधि प्रारम्भ भएर २०७७ जेठ १५ वा तोकिएको परिमाण उत्खनन सम्म जुन पहिला हुन्छ सो समयसम्म मात्र ठेक्का समाप्त हुनेमा दुईपक्षबीच सम्झौता भएको जानकारी गराईयो ।

मेची नदीकोलागि मेचीनगर वडानम्बर १ को तिरिङ्गे दोभानदेखि ३०० मिटर दक्षिण,४ को बाहुनडाँगी, वडानम्बर ६ को कालीमन्दिर र वर्मेली टोल, वडानम्बर ७ को सतिघट्टागरी चारवटाक्षेत्रबाट ५९ हजार घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था मिलाइएको छ । यसैगरी, हडिया खोलाको मेचीनगर १४ र १५ को मेघा सिमेण्ट पश्चिम, झोलुगेंपुल उत्तर, मंगली मेचीनगर ११ गरी तीन ठाउाँबाट ४ हजार ६ सय ५० घन मिटरको व्यवस्था मिलाईएको छ । निन्दा खोला प्याकेज १ बाट ३ तथा प्याकेज २ बाट ७ र टिमाई खोलाबाट १ स्थानाबट व्यवस्था मिलाईएको प्रमुख आचार्यले सभापतिसहितको टोलीलाई जानकारी गराउनुभयो ।

टिमाई नदीको हकमा बुद्घशान्ति गाउँपालिकासँग संयुक्त स्वामित्व भएको हुदाँ टिमाई नदीमा उत्खनन हुने २० हजार घन मिटर को प्रति घन मिटर २ सय रुपैयाँका दरले हुन आउने ४० लाख रुपैयाँ को विगत वर्ष झै ४८ प्रतितशले हुन आउने रकम १९ लाख २० हजार रुपैयाँ उक्त गाउँपालिकालाई विभाजय कोषबाटै निकासा दिएर अन्य रकम नगरपालिका नगरकार्यपालिकाको नाममा रहेको सञ्चित कोष खातामा दाखिला गर्नुपर्ने हुन्छ ।

स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण अद्यावधिक प्रतिवेदनको खण्ड क को बुँदा नम्बर ६ मा उल्लेखित खोला तथा नदीहरुमा तोकिएको स्थान र परिमाणको सुनिश्चितता र सर्वसाधारणको जानकारीका लागि जिल्ला समन्वय समिति झापाबाट स्वीकृत जिल्ला स्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा अनुगमन कार्यविधि, २०७५ को दफा ७ को ७ दशमलव १ अनुसार सोहि कार्यविधिको अनुची १ अनुसार उत्खनन स्थलमा स्थायी प्रकृतिको होडिङ्ग वोर्ड उत्खनन हुने लम्बाई, चौडाई र गहिराईको मिटर एकाईमा उल्लेख गर्नुपर्नेलगायत सम्झौतामा उल्लेख छ ।

अनुगमन टोलीमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य,सचिवालयका कर्मचारी पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *