October 5, 2026

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको सभा सम्पन्न

0

 

बिर्तामोड,

झापाका फर्निचर तथा फर्निसिङ्ग  व्यवसायीहरुले पुराना घर तथा पुराना काठ ओसार–पसारमा सहजता बनाइदिन सरकार समक्ष माग गरेका छन् ।

संघको छैठौं वार्षिक साधारण सभामा सहभागी बनेका अधिकांश व्यवसायिले यस्तो माग गरेका हुन् । झन्झटिलो कानूनका कारण झापा सहित देश भर नै फर्निचर व्यवसायीहरुले अझैं पनि सहज रुपमा व्यवसाय गर्न नपाएको भन्दै कानूनी जटिलटा हटाउँदै स्वच्छ व्यवसाय गर्ने बातावरण सृजना गरिनु पर्ने उनीहरुको माग छ ।

कनकाई नगरपालिकाको भुरुङ्गास्थित धनुसकोटीधाम परिसरमा भएको सभामा बोल्दै डिभिजनल बन कार्यालय झापाका डिभिजनल बन अधिकृत विष्णुलाल घिमिरेले वन ऐन २०७६ हालै मालै सम्सोधन हुँदै परिमार्जन भएको र व्यवसायीहरुलाई सम्मान पूर्वक व्यवसाय गर्न पाउने कानूनी व्यवस्था रहेको बताए ।  स्थानीय तहलाई पनि अहिले बन ऐन बनाएर लागू गर्ने अधिकार रहेकाले जिल्ला भित्र पराना काठ ओसार पसारमा कुनै समस्या नरहेको उनको भनाई छ ।

सभामा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ झापाका संस्थापक अध्यक्ष टेकवहादुर खजुम, केन्द्रीय सदस्य भगीरथ लुईटेल र संस्थापक संरक्षक मदनकुमार श्रेष्ठलाई सम्ममान गरिएको थियो ।

संघका सचिव दिनेश सुवेदीले स्वागत गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व खजुम, लुईटेल, केन्द्रीय सचिव राजकुमार दाहाल, सदस्य खगेन्द्र खरेल, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, इलाका प्रहरी कार्यालय अनारमननीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ बिर्तामोड नगर अध्यक्ष गोपाल खनाल, दमक अध्यक्ष युवराज पाठक, भद्रपुर अध्यक्ष सत्रुधन चौधरी, गौरादह अध्यक्ष कृष्ण शर्मा लगायतले बोलेका थिए ।

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका झापा अध्यक्ष चन्द्र गिरीको अअध्यक्षतामा भएको कार्यक्रमको सञ्चाालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *