October 5, 2026

छोरा छोरीको प्रतिभा देखेर आमबुवा नै चकित

0

बिर्तामोड,

बिद्यार्थीलाई सिकाउने शैली नै ‘स्मार्ट’ । हरेक कुरा ‘स्मार्ट’ प्रविधि अपनाएर ‘एजुकेशन’ समेत ‘स्मार्ट’ पद्दतिबाट सिकाउँदै आएको विद्यालयको नाम हो – ग्रिण्ड फिल्ड वल्र्ड स्कूल । यहाँ विद्यार्थीलाई स्मार्ट क्लास मार्फत कितावी ज्ञानसंगै बाह्रय शिक्षा पनि प्रदान गरिन्छ तर सबै स्मार्ट प्रविधिबाटै ।

प्राविधिक र व्यवहारिक शिक्षा स्मार्ट प्रविधिबाटै सिकाउन शुरु गरेपछि छोटाो समयमा यो विद्यालय सबैको रोजाइमा छ । विद्यालय स्थापनाको तेस्रो बर्ष प्रवेशको अबसरमा विद्यालयमा आयोजित कार्यक्रममा आफ्नै विद्यार्थीले विद्यालयमा सिकेको सिप हेर्दा अभिभावक नै दंग थिए । नयाँ नयाँ कुरा अधुनिक ढंगबाट सिकेर व्यवहारिक रुपमा प्रस्तुत गर्दा अभिभावक दंग मात्र परेनन् विद्यालयको स्मर्ट शिक्षा प्रति खुलेर प्रशंसा गर्न समेत भ्याए । ‘सोचेकै थिएनौं यस्तो गुणस्तरीय विद्यालय यहाँ छ भनेर ’ बिर्तामोड निवासी राम दाहाल भन्छन् – ‘आफ्नो नानीले सिकेको सिप आफैं दंग परे ।’
उनीमात्र होइन बिर्तामोड निवासी अर्जुन बस्नेतले पनि विद्यालयले प्रदान गर्ने शिक्षा प्रति खुलेर प्रशंसा गरे । उनले भने –‘ अबको शिक्षा गुणस्तरीय हुनुपर्छ । विश्व वजारममा हाम्रा नानीले प्रतिष्पर्धा गर्न सकेनन् भने पढाईको अर्थ रहँदैन । विश्व वजारमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा यहाँ अध्ययन गर्ने विद्यार्थी सुरुवाटै पाउने रहेछन् ।’


पढाईसंगै अतिरिक्त क्रियाकलावमा पनि विद्यार्थीलाई उत्तिकै सामेल गराएर गुणस्तरीय शिक्षा प्रदान गर्ने ग्रिण्ड फिल्ड यहाँको गहना विद्यालय रहेछ बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत दिनेश आचार्य भन्छन् – गुणस्तरीय शिक्षा भनेृको पढाई मात्र होइन विद्यार्थीले सिकेको चौतर्फी ज्ञानलाई लिनु पर्छ । त्यो ज्ञान यहाँ सिकाइदो रहेछ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको आचार्यले गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका कारण यहाँ अध्ययन गर्ने विद्यार्थीको भविश्व उज्जल रहने चर्चा गरेका थिए । उनले बिर्तामोड नगरपालिकाले पछिल्लो समय शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । चाहे त्यो सामुदायिक विद्यालय होस् या त संस्थागत नै किन नहोस् यहाँका नानीले जुनसुकै विद्यालयमा अध्ययन गरेपनि अब गुणास्तरीय र प्रविधिमैत्री शिक्षा आर्जन गर्न सक्ने भएका छन् । अझ निजी विद्यालयले त प्रविधिमैत्री शिक्षाा प्रदान गर्ने कार्यमा फड्को मारेपनि यो सबै बिर्तामोड नगर भित्रकै उपलब्धि मान्नु पर्छ ।
विद्यालयमा शनिवार आयोजित विविध सास्कृतिक कार्यक्रममा प्ले ग्रुपदेखि माध्यमिक तहसम्म शिक्षा आर्जन गर्ने विद्यार्थीले देखाएको अन्तरनिहीत प्रतिभिाका कारण कार्यक्रममा सहभागी अतिथि समेत दंग थिए । विद्यार्थीले देखाएको तीनखुट्टे दौड, पुतली रेस, बेलुन रेस, गणित दौड, मारुनी नृत्य अदि प्रतियोगितात्कम खेलकुदले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
विद्यालय हाता प्रवेशदेखि नै छुट्टै बातावरण तयार गर्दै विद्यालयको वाहिरी वातारण नै स्मार्ट भएको झल्को सहित मनाइएको वार्षिकोत्सवमा सहभागी अतिथिले विद्यालय शिक्षण सिकाई क्रियाकलावको प्रशंसा गरेका थिए ।
विद्यालयका संस्थापक गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा विद्यालयका सञ्चालक आनन्दकुमार वस्नेत, सञ्चालक विशाल बस्नेत , संरक्षक श्यामकुमार वस्नेत, जितेन्द्र वस्नेत लगायतले विद्यालयले गुणस्तरीय शिक्षा प्रदानका लागि कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका थिए । विद्यालयका प्रिन्सिपल पिउजकुमार रोएले विदालयको शैक्षिक गतिविधिकाा वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालक शिक्षक सुशीला घिमिरे र विनय राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *