October 10, 2026

प्रजातान्त्रिक योद्धालाई सम्मान

0

काँकरभिट्टा,

प्रजातन्त्र दिवसको अवसर पारेर धुलाबारी जेसीजले प्रजातान्त्रिक योद्धा प्रेम राईलाई सम्मान गरेको छ । मेचीनगर–६ काँकरभिट्टा निवासी राईलाई धुलाबारी जेसीजले उनकै घरमा पुगेर दोसल्ला ओढाएर सम्मान–पत्रसहिकत सम्मानित गरेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा हरेक बर्ष एक जना प्रजातान्त्रिक योद्धालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत यो बर्ष राईलाई सम्मान गरिएको धुलाबारी जेसीजका अध्यक्ष सागर खनालले बताए
युवाहरुको संस्थाले आफ्नो योगदानलाई सम्झिएर घरैमा आएर आफूलाई सम्मान गरेकोमा गर्व महशुस भएको सम्मानित ७७ बर्षीय राईले बताए । राईले भने– ‘बिगतका धेरै कुरा त बिरामीका कारण स्मरणमा छैन तर पनि युवा अवस्थामा देशको लागि आन्दोलनमा होमिएको थिएँ ।’

नेपालमा प्रजातान्त्रिक आन्दोलनका क्रममा ७ बर्षसम्म भारतमा निर्वासित जीवन बिताएका राई नेपाली कांग्रेसका पुराना नेता हुन् । धुलाबारी जेसीजका महासचिव राजीव प्रसाईको सञ्चालनमा सम्पन्न सम्मान कार्यक्रममा नेपाल तरुण दल क्षेत्रीय सभापति अर्जुन राई, बिद्यार्थी नेता अशोक राई, धुलाबारी जेसीजका पूर्व अध्यक्ष नारायण खनालसहित जेसीज पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *