October 12, 2026

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

0

झापा,

छात्रालाई पढाउने क्रममा छ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक शिक्षक पक्राउ परेका छन्।

छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका ६ बस्ने २१ वर्षीय नरेन थापालाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन निजलाई पक्राउ गरिएको उनले बताए। शिक्षक थापामाथि मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।

आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन्। विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आइरहेको उजुरी आएको प्रहरी उपरीक्षक कोइरालाले भने। बाल यौन दुर्व्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा अदालतबाट पाँच दिनको म्याद थप भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *