October 14, 2026

महिलालाई अश्लील सन्देश पठाएको आरोपमा नेकपाका वडाकमिटी अध्यक्ष पक्राउ

0

म्याग्दी,

सामाजिक संजाल म्यासेन्जरमार्फत महिलालाई अश्लील तस्वीर र सन्देश पठाएको आरोपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

महिलालाई अश्लील सन्देश र तस्वीर पठाएर अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं ६ को वडाकमिटीका अध्यक्षसमेत रहेका घारका मेखबहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले दिएको जानकारी अनुसार खड्कालाई उजुरी परेपछि पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको छ।

पीडित महिलाले खड्काले आफूलाई म्यासेन्जरमा अश्लील तस्वीर र सन्देश पठाएको भन्दै प्रहरीमा उजुरी दिएकी जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *