October 19, 2026

अर्जुनधारा माविको ६०औं वार्षिकोत्सव सम्पन्न

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४स्थित भाङबारीमा रहेको अर्जुनधारा माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक कमलकान्त पौड्यालले गरेका थिए ।

प्रधानाध्यापक टंकप्रसाद बस्नेतले विद्यालयको गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जग्गादाता केशरबहादुर विष्ट, पूर्व विव्यस अध्यक्षहरु टिका शिवाकोटी, वृद्धीमान कास्यप र तुलसीनाथ खतिवडा, पूर्व प्रधानाध्यापकद्धय सनतकुमार शर्मा खनाल र चिरञ्जिवी शिवाकोटी रहेका छन् ।

त्यसैगरि अन्य सम्मानित हुनेहरुमा पूर्व शिक्षकहरु गुरुप्रसाद घिमिरे, तिलक भण्डारी र नेत्र गुरागाईं रहेका छन् । त्यस्तै वर्ष शिक्षकबाट चन्द्रप्रसाद लूँइटेललाई सम्मानित गरिएको कार्यक्रममा शिक्षा सेवामा लामो समय योगदान पु¥याउने शिक्षक इन्दिरा खनाललाई विदाई गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा–४ वडा समितिका अध्यक्ष दुर्गाप्रसाद दाहाल, नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, पूर्व प्रधानाध्यापक चिरञ्जिवी शिवाकोटी, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतामणी खनाल, अमर कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यार्थीहरुद्वारा सांस्कृतिक तथा साहित्य विधामा आफ्ना कला प्रस्तुती गरेको कार्यक्रमको सञ्चालन शिक्षक वेदमाया निरौलाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *