October 21, 2026

वीर अमरसिंह माविको ६२ औं वार्षिक उत्सव सम्पन्न

0

बिर्तामोड ।

वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालय बिर्तामोड नगरपालिका वडा नंं. २ चारपानेले ६२ औ वार्षिक उत्सव विविध कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किशोर पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचार क्षेत्रबाट बालबालिका र शिक्षा क्षेत्रमा सहयोग गरे बापत संचारकर्मी अच्युत सुवेदी र जेष्ठअभिभावक तथा पुर्व व्यवस्थापन समिती पदाधिकारीलाई सम्मान गरिएको थियो ।

विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।व्यवस्थापन समितिका अध्यक्ष पौडेलले आगामी वर्षबाट इन्जिनियरिङ्ग र स्नातक कक्षा संचालनका लागि पहल गरिएको जानकारी दिदै बिर्तामोडको नमूना विद्यालय निर्माण गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कार्कीले सामुदायिक बिद्यालय पछिल्लो समय युग र समाज सुहाउँदो शिक्षामा केन्द्रित हुनु पर्ने बताए ।राज्यले सामुदायिक बिद्यालयलाई सहयोग मात्र होईन ठुलो लगानी समेत गरेको छ,अब जिम्मेवारी हाम्रो पूरा गर्दै शिक्षामा रुपान्तरण गर्न सबै लाग्नु पर्ने बताए ।

यहाँका शिक्षा प्रेमीहरुको योगदान र सहयोगकै कारण सहिदको नाममा बिद्यालय स्थापना गर्दै सहिदहरुको सम्मान गरेकोले अब हाम्रा बालबालिका लाई घोकन्ते शिक्षा मात्र होईन ब्यबहारिक ,प्राबिधिक शिक्षा प्रदान गर्नु पर्ने बताउदै आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नंं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा केन्द्रित हुन सुझाव दिए । प्रध्यानाध्यापक यदुनाथ अधिकारीको स्वागत रहेको कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *