October 25, 2026

२० जनालाई गोली हानेर मार्ने सैनिकलाई पनि मारियो

0

काठमाडौँ ।

थाइल्यान्डमा अन्धाधुन्द गोली हानेर २० जनाको हत्या गरेका एक सैनिकलाई गोली हानेर मारिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार थाइ सुरक्षाकर्मीहरूले आइतबार ती सैनिकलाई एउटा सपिङ मलमा गोली हानेर मारेका हुन्।

उत्तरपूर्वी शहर नाखोन राट्चासीमाको टर्मिनल २१ मलमा ती सैनिकलाई गोली हानिएको थाइल्यान्डका स्वास्थ्यमन्त्री अनुतिन चर्नभिराकलले पुष्टी गरे। प्रहरीका अनुसार ती सैनिक ३२ वर्षीय जक्रपन्थ थोम्मा भएको बताएको छ।

ती सैनिक नाखोन राट्चासीमाको सैनिक क्याम्पमा काम गर्थे। आक्रमण गर्न जानुअघि उनले फेसबुकमा आफूले बदला लिन लागेको बताएका थिए। तर त्यो बदला केको हो भन्ने खुलाएका थिएनन्।

शनिबार ती सैनिकले स्वचालित हतियार लिएर सुरूमा एउटा घरमा त्यसपछि आर्मी क्याम्पमा र अन्तिममा मलमा गोली चलाएका थिए। उनको गोली लागेर ४२ जना घाइते भएका छन्। -एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *