October 25, 2026

संविधानसभा सदस्य सोमानीको निधन

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ निवासी संविधान सभा सदस्य एवम् शनिश्चरे बजारका अग्रज व्यवसायी सिद्धार्थकुमार सोमानीको शनिबार राती १० बजे ५१ वर्षको उमेरमा निधन भएको छ ।

पारीवारीक स्रोतले दिएको जानकारी अनुसार पाइल्स र पेट सम्बन्धी रोगबाट पीडित उनको आफ्नै निवासस्थानमा निधन भएको हो ।

आमा बिमलादेवी र बुबा राधाकृष्ण सोमानीका सात सन्तानम्ध्ये चौथो सन्तानकारुपमा २०२५ साल फाल्गुन १८ गते झापाको भद्रपुरमा जन्मिएका उनी हाल मारवाडी सेवा समितिका केन्द्रीय सदस्य, माहेश्वरी समाज झापाका सल्लाहकार सदस्यलगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका थिए ।

२०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअनुसार संविधान सभा सदस्यमा निर्वाचित भएका उनको श्रीमती लीलादेवी , एक छोरी यातना र दुई छोरा सुदर्शन र विसु रहेका छन् ।

उनको पार्थीव शरीरको आइतबार कनकाई नगरपालिकास्थित कनकाई नदी तटमा जातीय परम्पराअनुसार अन्त्येष्टी गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *