September 21, 2026

४०० जनालाई निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा

0

भद्रपुर।

भद्रपुर–६स्थित श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दुई दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको प्राविधिक सहयोग तथा भद्रपुर नगरपालिकाद्वारा आयोजित स्वास्थ्य शिविरमा चार सय बिरामीले सेवा लिएका थिए । शिविरमा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण, फिजियोथेरापी सेवा, पञ्चकर्म, पूर्वकर्म अन्तर्गतका स्नेहन, स्वेदन सेवा प्रदान गरिएको थियो । शिविरमा जेनरल सेवा ३ सय ३५ जना, फिजियोथेरापी सेवा १५ जना र स्नेहन स्वेदन सेवा ५० जनाले लिएका थिए ।

जिल्ला आयुर्वेद सेवा केन्द्र भद्रपुरका प्रमुख डा. अनिल ठाकुर, जिल्ला आयुर्वेद सेवा केन्द्र पाँचथरका प्रमुख डा. मुरलीप्रसाद साह, कविराज सुशील यादव, अनिल ठाकुर, जिल्ला आयुर्वेद सेवा केन्द्रका कविराज निरीक्षक हरेन्द्र साह, बैद्य निरीक्षक मनोजकुमार पंडित, फिजियोथेरापिष्ट डा. शिवेन्द्र मरिक यादवले बिरामी जाँचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *