September 23, 2026

सुनसरीमा भएको दुर्घटनामा मृतक चारै जनाको पहिचान खुल्यो

0

सुनसरी,

सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ।

आज बिहान पश्‍चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो इनरुवाको रामधुनी नगरपालिका तित्रिवनामा एकापसमा ठोक्किएर दुर्घटना मृत्यु भएका माइक्रो चालक धादिङ वैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीया गरिमा गौतम रहेका छन्।

त्यस्तै झापा भद्रपुर घर भइ काठमाडौं बस्‍ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइरालाको निधन भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिम दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *