September 20, 2026

जलेको अवस्थामा मृत फेला

0

झापा,

झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् ।

बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरभित्र मृतावस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि मेची अस्पताल भद्रपुरमा पठाएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *