September 21, 2026

सप्तरंगी बाल क्लबद्धारा शैक्षिक सामग्री वितरण

0

अर्जुनधारा ।

सरस्वती पुजाको सन्दर्भमा बिहीबार झापाको अर्जुनधारा–४ जरुवा टोलमा रहेको सप्तरंगी बाल क्लबले आफ्ना ५२ जना सदस्यलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लबका सल्लाहकार एवम् दनुवार जागरण उत्थान युवा मञ्चका अध्यक्ष दिपेन्द्र दनुवारका अनुसार हाल दक्षिण अफ्रिकामा रहेका दिपक दनुवार, साउदी अरबमा रहेका कविराज दनुवार र स्थानीय अनुप दनुवारको सहयोगमा उनीहरुलाई २० हजार बराबरको उक्त सामग्रीहरु वितरण गरिएको हो ।

क्लबकी अध्यक्ष छेन्बी हाङमा वान्तवा राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर सभा सदस्य राधिका जवेगु, समाज सुधार अभियानका सहसंयोजक मदन थाम्सुहाङ, विहानी युवा क्लबकी अध्यक्ष सुशिला दनुवार, जरुवा महिला समूहकी अध्यक्ष मधुमाया तामाङलगायतले उनीहरुलाई सामग्रीहरु वितरण गरेका थिए ।

शैक्षिक गुणस्तरमा अभिवृद्धी गर्ने उद्धेश्यले वितरण गरिएको शैक्षिक सामग्रीहरुमा कापी, कलम र क्यालकुलेटर रहेका छन् । सोही कार्यक्रममा क्लबलाई विभिन्न समयमा सहयोग पु¥याउने संरक्षक भक्त सोङमेन वान्तवा राईलाई ढाकाको टोपी ओढाई सम्मानित गरिएको थियो ।

क्लबका कोषाध्यक्ष रोशन दनुवारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिवस वि.क.ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *