September 20, 2026

अरुणेदयका १५७ विद्यार्थीलाई मारवाडी महिला मञ्चको सहयोग

0

बिर्तामोड,
मारवाडी महिला मञ्च बिर्तामोडले अर्जुनधरा नगरपालिका – ७ मा रहेको अरुणोदय विद्यालयका एक सय ५७ जना विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्य सामग्री वितरण गरेको छ ।

सामाजिक काममा सक्रिय रहेको महिलामञ्चले विद्यार्थीका लागि एक÷एक जोर जुत्ता मोजा, कपी , पेन्सिल, स्कूल व्याज, ज्याकेट र खाजा वितरण गरेको हो । मञ्चकी अध्यक्ष रीता चित्लाङ्गियाको अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी महिला मञ्चकी केन्द्रीय कोषाध्यक्ष शीला धनुका,निर्वतमान अध्यक्ष दीपा खेडिया, मारवाडी सेवा समितिका अध्यक्ष पवन खेडिया, मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनू मंगल, अर्जुनधारा – ७ का वडाअध्यक्ष नवराम ढुङ्गाना, वडा सदस्य एतराज नेम्वाङ्ग, सदस्य गोमा पर्वते लगायतको आतिथ्य रहेको थियो । मञ्चकी सचिव चाँदनी अग्रवालले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक सामग्री पाएका सबै विद्यार्थी खुशी देखिएका थिए ।

यस अघि मारवाडी महिलाहरुको नेतृत्व विकासका मारवाडी महिला मञ्च बिर्तामोडको आयोजनामा जिल्लाका ५० महिलाको सहभागीता गराई उनीहरुलाई नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि प्रशिक्षण प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *