September 20, 2026

जेष्ठ नागरिकलाई सम्मान

0

भद्रपुर।

भद्रपुर नगरपालिकाका ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

२९ आंै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा नगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक संघ नगर समितिको आयोजनामा बुधबार आयोजित एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

“जेष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान” भन्ने मुल नारासहित समितिले प्रत्येक वडाबाट ६ जनाका दरले ६० जना जेष्ठहरुलाई नगदसहित कम्बल दिएर सम्मान गरिएको थियो ।

नगर समिति अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेकपा नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नगर बाल सञ्जालका अध्यक्ष आरध्यया प्याकुरेल, एकल महिला केन्द्रीय सचिव रेखा अधिकारी, जेष्ठ नागरिक समिति झापाका सचिव लय संग्रौला, गुरुकुल वेदश्राम भद्रपुरका अध्यक्ष राजेन्द्र चापागांई, हरीप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

समितिका सचिव शंकर गौतमले सञ्चालन गरेको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *