September 25, 2026

महायज्ञको तयारी पूरा

0

झापा, वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको दुर्गा मन्दिरको जिर्णेद्धारा गर्दै सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले माघ २ गतेबाट शुरु गरिने श्रीमद भागवत ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।

ऐतिहासिक महत्व बोकेको दुर्गा मन्दिर संरक्षणको अभावमा जिर्ण वनेपछि स्थानीयको पहलमा महायज्ञ लगाउन स्थानीयवासी नै जुटेको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै पुराण आयोजक समितिका अध्यक्ष देवेन्द्र चम्लागाईले महायज्ञबाट ५० लाख रुपैयाँ संकलन गर्दै मन्दिर निर्माण गरिने र स्थानीय,प्रदेश र संघको सहयोगमा वाह्रदशीमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिने बताउनुभयो । महायज्ञ सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

विभिन्न जातजातिको वसोवास रहेको यस ठाउँको विकासका लागि सवै एक जुट हुने र सामुदायिक भवन निर्माण गर्दै यहाँका हरेक गतिविधिलाई सामाजिकीकरण गरिने चम्लगाईको भनाई छ । डाँगीवारीवासीको मात्र नभई त्यस क्षेत्रका स्वस्थानीयवासीको आस्थाको धरोहरका रुपमा रहेको नव दुर्गाको मन्दिर पुनर्निमाण गरिएसंगै डागीवारीवासीलाई मात्र नभई दक्षिण क्षेत्रका सर्वसाधारणलाई धार्मिक कर्मका लागि सहज हुने डागीवारी गाविसका पूर्व अध्यक्ष एवम् मन्दिरका सल्लाहकार लक्ष्मण पाठकले बताउनुभयो ।

महायज्ञ सम्पन्न गर्न चम्लगाईको अध्यक्षतामा २ सय ५१ सदस्यीय समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महायज्ञ सम्पन्न गर्न वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाई उपाध्यक्षमा तारा कार्की राई र सचिवमा टिकाराम रोक्कालाई चयन गरिएको छ । त्यस्तै समितिको सह सचिवमा कृष्णप्रसाद भण्डारी र कोषाध्यक्षमा शोभा राजवंशीलाई चयन गरिएको छ ।

मन्दिर निर्माण समितिमा देवराज कार्की, आर्थिक समितिमा महेशकुमार झा, प्रचारप्रसार समितिमा देवराज कार्की, पूजा समितिमा तारा कार्की राई, स्वयम सेवक समितिमा राजेन्द्र उप्रेती, मण्डव तथा पण्डाल समितिमा श्याम रिजाल अर्थ व्यवस्थापनमा नारायण लम्साल र अतिथि सत्कार समितिमा लेखनाथ कटुवाललाई चयन गरिएको छ । सञ्चार संयोजकमा भने पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई चयन गरिएको बताइएको छ ।

माघ २ गतेबाट सुरु हुने महायज्ञमा पण्डित छन्दूराम भण्डारीले कथा वाचन र सोमनाथ खतिवडाले पाठ पारायण गर्ने पुराण आयोजक समितिका सदस्य तथा गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा दिपजन इलिस स्कूलका प्रिन्सिपल तथा पुराण आयोजक समितिका सदस्य लक्ष्मी उप्रेती, प्रचारप्रसार समिति संयोजक देवराज कार्की लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *