September 21, 2026

समुन्नतमा पुनः पौडेल

0

बिर्तामोड।

समुन्नत बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः कमल पौडेल चयन भएका छन् ।
संस्थाको १२औं बार्षिक साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी र सदस्यहरुमा बालादेवी खरेल, चैतन्यप्रकाश मैनाली, टिकादेवी सुवेदी, गोमा खतिवडा अधिकारी, भवानी भट्टराई, नवीन बराल, खेम बस्नेत, योगेन्द्र पौडेल, रामजी पोखरेल चयन भएका छन् ।

त्यस्तै सोही साधारण सभाले लेखा समितिको संयोजकमा एकनाथ शिवाकोटी र सदस्यहरुमा फडिन्द्र चापागाईं र दुर्गादेवी कार्कीलाई चयन गरेको छ । संस्थाका उपाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सदस्य बालादेवी खरेलले गरेकी थिइन् ।

कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक सीताराम नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य रामबाबु सिंह, असल बचतकर्ता, रमेश श्रेष्ठ, उत्कृष्ठ ऋणि मित्र घिमिरे, शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने दर्पण पोखरेल र समीक्षा बराललाई सम्मान एवम् पुरस्कृति गरिएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थाको शेयर सदस्य तीन सय ९५ जना, शेयर पुँजी एक करोड १५ लाख २६ हजार, निक्षेप संकलन आठ करोड, ५४ लाख ५१ हजार तीन सय ८४ रुपैयाँ ७७ पैसा, ऋण लगानी तीन करोड ६७ लाख ४७ हजार नौ सय ९८ रुपैयाँ लगायत रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको लेखा समितिको प्रतिवेदन संयोजक केदारनाथ पोखरेल र कर्जा समितिको प्रतिवेदन संयोजक रामुसिंह राजपुतले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य खेम बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *