September 21, 2026

भीमदत्तनगर,

कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले जानकारी दिनुभयो ।

“सशस्त्रको गस्ती टोली देखेपछि ट्रक चालक भारततर्फ फरार भए ।” उहाँले भन्नुभयो, “सामान नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौँ ।”

प्रमुख भण्डारीले ट्रक र सामान करिब रु ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको जानकारी दिनुभयो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *