September 20, 2026

सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित

0

वीरगञ्ज,

पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् ।

सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो ।

९५४ जनसङ्ख्या रहेको सो वडाका १३९ घरधुरीहरु सिँचाइ सुविधाबाट लाभावित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *