September 19, 2026

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

0

दाङ,

सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ ।

सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो ।

सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर बालबालिकालाई कम्मल वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै जिल्लाका दुई दर्जन भन्दा बढी सुस्त श्रवण भएका बालबालिका बसोबास गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *