स्कुल बसले किचेर नावालकको मृत्यु
मोरङ।
मोरङको बेलवारी नगरपालिका–५ मा स्कुल बसले ठक्कर दिँदा एक बर्षीय नावालकको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजे बेलवारी नगरपालिका–५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहका एक बर्षीय छोरा यसराज साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिवकुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेका नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
