September 20, 2026

वडाध्यक्षमाथि बोक्सोको आरोप लगाउँदै कालोमोसो लगाएर मलमूत्र खुवाउने प्रयास

0

काठमाण्डौं ।

इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ।

नेपालकै लोपोन्मुख जातिको सूचीमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँसमेत परिक्रममा गराएका थिए।

वडा भवनको कार्यालय सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

प्रहरीले उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो। चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ।–रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *