September 21, 2026

नेपाल जिका भाइरसको जोखिममा

0

झापा।

नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुहुने भन्दै नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका हुन् ।

भारतको राजस्थानमा १ सय ५९ जनामा जिका भाइरसको संक्रमण देखिएको ब्रिटिस मेडिकल जर्नल ‘ग्लोबल हेल्थ’मा प्रकाशित भएपछि नेपालमा पनि खुला सिमानाका कारण त्यसको संक्रमण हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए । यस्तै भारतका अन्य ठाउँमा पनि जिका भाइरसको संक्रमण देखा परेको बताइएको छ ।

भारतमा जिका भाइरस आइसकेकाले नेपाल यो रोगको उच्च जोखिममा भएको र जिका परीक्षण गर्नमा ढिलाइ गर्न नहुने डाक्टर पुनको भनाइ छ । जिकाका लक्षण पनि डेंगीसँग मिल्दोजुल्दो हुने उनको भनाइ छ । एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्छन् । लक्षणहरू डेगीसँग मिल्दोजुल्दो हुने भए पनि कडा नहुने भएकाले धेरैले यसप्रति ध्यान नदिने गरेको उनले बताए ।

विषेशगरी गर्भवती अवस्थामा जिका संक्रमण भएमा जन्मने बच्चाको टाउको सानो हुने तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएको उनको भनाइ छ । जिका भाइरसको संक्रमण हुँदा सामान्य ज्वरो आउने, जीउ र जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने लगायतका लक्षण देखिने डाक्टर पुनले बताए ।

चिकित्सकहरुले भारतसंग सिमाना जोडिएका जिल्लाहरुमा विशेष सावधानी अप्नाउन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य प्रति हेल्चेक्र्राई नगर्न आग्रह गर्दै ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरुले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *