September 20, 2026

नेइमार फर्किएको खेलमा पिएसजीको सहज जित

0

एजेन्सी ।

अक्टोबरदेखि चोटका कारण टिमबाहिर रहेका ब्राजिलका पेरिस सेन्ट जर्मेन [पिएसजी] स्टार नेमार टिममा फर्किएका छन्। नेइमार मैदान फर्किएको खेलमा पिएसजीले सहज जित निकालेको छ।

फ्रेन्च लिग वान फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–० ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ।

पिएसजीका लागि माउरो इकार्डीले १७औँ तथा एन्जल डी मारियाले ३१औँ मिनेटमा गोल गरे। पहिलो हाफको दुई गोलनै पिएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो।

नेइमारले खेलमा केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रहे। मैदानमा नेइमार ६५ मिनेट बिताएका थिए। त्यसपछि उनलाई केलियन एमबाप्पेले सब्सटिच्युट गरेका थिए।

जितपछि शीर्ष स्थानको पिएसजीको ३३ अंक भएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेइलीको १३ खेलबाट २२ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *