September 21, 2026

ढकाललाई बिमा भुक्तानी रकम

0

बिर्तामोड।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले बिर्तामोड– ५ का ढकाल परिवारलाई मृत्युवापतको बिमा रकम भुक्तानी दिएको छ ।

संस्थाले वैदेशिक यात्राका क्रममा उलनवटोरमा असामयिक निधन भएका सिताराम ढकालको परिवारलाई मृत्यु वापतको बिमा रकम दिएको हो ।

एक वर्ष अगाडि अरुणोदय सहकारी संस्था बिर्तामोड–५ द्वारा सामुहिक जीवन बिमा गरिएका १६ जना सदस्यहरुमध्ये संस्थाका सदस्य तथा एमिटी एजुकेशन फाउण्डेशनका संस्थापक प्रिन्सिपल सीताराम ढकाललाई मृत्यु दाबी रकम एक लाख ५४ हजार प्रदान गरिएको हो ।

कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्सका बिर्तामोड शाखा प्रबन्धक उज्ज्वल घिमिरेले ढकालकी पत्नी सरस्वती ढकाललाई उक्त रकम प्रदान गरेका थिए । कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका पूर्व प्रबन्धक दीपक गिरी, एजेन्सी मेनेजरहरु गोपालप्रसाद भट्टराई, लीला भण्डारी लगायतको सहभागिता रहेको थियो ।

संस्थाको बिर्तामोड शाखाले पहिलोपटक बिमा भुक्तानी रकम प्रदान गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *