September 20, 2026

फुटबल प्रतियोगिताको आम्दानी–खर्च सार्वजनिक

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेमा गत असोज ८ देखि १७ गते सम्म सञ्चालन भएको प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको आम्दानी–खर्च विवरण शनिबार सार्वजनिक गरिएको छ ।

आयोजक टेक–मान रंगशाला व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त अयोजनामा आयोजित प्रतियोगिताको आम्दानी खर्च विवरण आर्थिक उपसमितिका संयोजक पवन खनालले प्रस्तुत गरेका थिए ।

प्रस्तुत विवरण अनुसार जम्मा आम्दानी १२ लाख २३ हजार नौ सय ५८ रुपैयाँ, जम्मा खर्च १० लाख ६२ हजार सात सय ४७ रुपैयाँ र जम्मा बचत एक लाख ६१ हजार दुई सय ११ रुपैयाँ उल्लेख गरिएको छ । बचत भएको रकमबाट रंगशालाको स्तरोन्नतीसँगै अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको टेक–मान रंगशाला व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लोहारले बताए ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न संघ–संस्थाका प्रतिनिधिसँगै दाताहरुलाई सम्मानित गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वडा सदस्य वेनुकुमार राई, नेपाली काँग्रेसका पूर्व वडा सभापति विष्णु चौलागाईं, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, पूर्व अध्यक्ष रामबहादुर निरौला, आन्तरिक लेखा समिति संयोजक बुद्धीसागर ढुङ्गेल, कवि कालीबहादुर थापा, हस्तबहादुर लिम्बूलगायतको आतिथ्यता रहेको थियो ।

आयोजक समितिका अध्यक्ष लोहारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितिका संयोजक डीबी दर्नालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *