September 21, 2026

१ नम्वर प्रदेश सहिदको पुण्य भूमिको प्रदेश हो – प्रदेश प्रमुख अधिकारी

0

बिर्तामोड, १ नम्वर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले १ नम्वर प्रदेश सहिदको प्रदेश भएको बताउनुभएको छ ।
आज झापाको जर्नुनधारा नगरपालिकामा सहिद सुखानी स्मति प्रतिष्ठानमा रहेको झापा विद्रोहका सहिदको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभयो हो । उहाँले प्रदेश नम्वर १ लाई राजनीतिक इतिहासाको प्रदेश भएको भन्दै यो मुलुकमा जे परिवर्तन भएको छ त्यसको समेत सान्र्दभिकताको प्रदेश रहेको बताउनुभयो ।


१ नम्वर प्रदेशको पदभार ग्रहण गरेपछि राजनीतिक इतिहास बोकेको पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण स्थान मानिएको यो पार्कमा आउनुभएका उहाँले सक्षिप्त विचार राख्दै सुखानी पार्कलाई अझ शौन्दर्यको पार्कको रुपमा विकास गरेर लान सबै जुट्न् पर्ने बताउन्भयो ।
‘झापा विद्रोह’का क्रममा वि.स. २०२९ फागुन २९ गते पाँच जना कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको स्थानमा यो पार्क निर्माण गरिएको छ । झापा विद्रोहका क्रममा झापा कारागारबाट इलाम कारागार सार्ने क्रममा रामनाथ अधिकार, कृष्ण कुइँकेल, वीरेनसिहं राजवंशी, नेत्र घिमिरे तथा नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्र्ने सुखानी भन्ने ठाउँमा हत्या गरिएको थियो । त्याहाँ अहिले उनीहरुकै सम्झानामा स्मारक बनाइएको छ ।


यस अघि प्रदेश प्रमुख अधिकारीले दानावारीको जंगल भित्र पर्ने सुखानीमा बनाइएको सहिदको स्मारकमा समेत माल्यार्पण गर्नुभयो ।
प्रदेश प्रमुखअधिकारी सहित १ नम्वर प्रदेशका उद्योग, पर्यटन तथा बन मन्त्री जगदीश प्रसाद कुसियैत, संघीय संसद सदस्य तथा अन्तराष्ट्रिय समन्वय समिति संयोजक पवित्रा निरौला खरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्वर १ का इञ्चार्र्ज देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *