September 27, 2026

काठ चोरीको आरोपमा एक पक्राउ एक फरार

0

अर्जुनधारा ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष अर्जुनधारा–२ निवासी खगेन्द्र कोइरालाको घरबाट साखु जातको बटम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पीडित कोइरालाले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीको आधारमा प्रहरीले स्थानीय २१ वर्षीय विपिन लिम्बूलाई पक्राउ गरेका छन् भने मुसे भनिने अर्का आरोपी २१ वर्षीय अर्जुन दर्जी फरार रहेको प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार गए राती १२ बजे कोइरालाको घरमुनि राखिएको बटम चोरी भएको र ११ वटा मध्ये पाँच वटा बटम फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धानसँगै फरार आरोपीको खोजी भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *