September 27, 2026

सताक्षीधाममा सरसफाई तथा डस्टवीन वितरण

0

बिर्तामोड।

झापाको सताक्षीधाममा आयोजना हुन लागेको एक सय आठ कुण्डको कोटीहोमलाई सफल बनाउन भन्दै नेपाल बिद्यार्थी संघ जिल्ला समिति झापाको आयोजना र शिवसताक्षी नगर समितिको सहआयोजनामा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बिद्यार्थी संघ जिल्ला समिति झापाका सभापति भुवन बुढाथोकीको सभापतित्व तथा सांसद महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिवसताक्षी नगरसमितिका सभापति दिवश वास्कोटाले स्वागत गरेका थिए ।

कार्यक्रममा सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, गोलोक गौशालाका सञ्चालक नन्दकिशोर भारद्वाज, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल बिद्यार्थी संघ जिल्ला समिति झापाका पूर्व सभापति नारायण गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मनोज खुलाल कार्की, डिल्ली भट्टराई, राजेश ताजपुरिया, जनम आचार्य, प्रविन आचार्य, हेमन्ता निरौला, विशाल सिटौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सताक्षीधाम क्षेत्र सरसफाई गर्नुका साथै १० थान डस्टविन हस्तान्तरण गरिएको थियो । नेविसंघका झापा उपसभापति निरज दुलाल र सहसचिव प्रकाश खड्काले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सचिव विनोद चापागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *