October 7, 2026

कोदालो प्रहार गरी एक युवकको हत्या

0

खोटाङ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ डाडाखर्कका १९ वर्षीय विशाल राईलाई कोदालो प्रहार गरी हत्या गरेको छ ।

बिहीबार राती १० बजेको समयमा स्थानीय २४ वर्षीय पवन राईले कोदालोले टाउकोमा प्रहार गरी राईको हत्या गरेको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट खानी डाँडाबाट खटिएको प्रहरी टोलीले राईलाई खानी डाँडा छेउकै जङ्गलमा मृत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले घटनाको बिषयमा अनुसन्धानसहित हत्या गरी फरार रहेका पवन राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *