October 8, 2026

दशैं-तिहारमा विदेशी सामानको आयात घट्यो

0

काठमाडौं,

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा तीन खर्ब ७ अर्ब पुगेको छ। गत वर्षको तुलनामा भदौ महिनामा व्यापार घाटा तीन प्रतिशतले कमी आएकोमा असोज महिनामासम्म आइपुग्दा १२ प्रतिशतले कमी आएको छ।

भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा तीन खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको सामान आयात भएको छ भने २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। निर्यातको तुलनामा आयात १२ गुणा बढी देखिएको छ।

गत वर्ष यो अवधिमा तीन खर्ब ७३ अर्ब रुपैयाँको आयात र २३ अर्ब ७४ कोडको निर्यात थियो भने निर्यातको तुलानमा आयात १५ गुणाले बढी रहेको थियो। गत वर्षको सोही महिनाको तुलनामा र अघिल्लो महिनाको तुलनामा पनि व्यापार आयात व्यापर घटेको छ।

असोजमा नेपालीहरूका दुई ठूला चाड दशैंतिहार परेको कारण पनि यो समयमा धेरै आयात हुने गर्छ तर यस वर्ष भने त्यस्तो देखिएन। अघिल्लो महिना नेपालीको निर्यात २५ प्रतिशतले बढेको र आयात १ प्रतिशतले घटेकोमा थियो। तर, असोजमा अघिल्लो महिनाको तुलनामा निर्यात घटे पनि आयात पनि घटेको देखिएको छ।

चालू आर्थिक वर्षको साउनमा एक खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएकोमा साउनमा एक खर्ब २६ अर्ब रुपैयाँको सामान आयात भएको थियो। असोजमा भने एक खर्ब दुई अर्ब रुपैयाँको मात्रै सामान आयात भएको छ।

गत वर्ष असोजमा एक खर्ब ४१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ३९ अर्ब रुपैयाले व्यापार घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *