May 1, 2026

दक्षिणा नलिइकनै साहित्य चौतारीको देउसी

0

बिर्तामोड।

पछिल्लो समय तिहारमा देउसी खेलेर आर्थिक संकलन दक्षिणा (पैसा) गर्ने क्रम बढेर गएको छ ।
विभिन्न संघ–संस्था वा समूह आधुनिक एवम् पाश्चात्य गीत, संगीत पस्कँदै देउसीभैलो खेलेर आर्थिक संकलन दक्षिणा (पैसा) गर्न थालेका छन् । ती टोलीको उद्देश्य बढीभन्दा बढी आर्थिक संकलन दक्षिणा (पैसा) गरेर आपसमा बाँडीचुँडी लिने वा पिकनिक गएर सिध्याउने हुन्छ । तर, साहित्य चौतारी झापाले भने यसवर्ष दक्षिणारहित सामुहिक सडक देउसी खेलेर त्यस्ता संघ–संस्था वा समूहलाई चुनौति दिएको छ ।

साहित्य चौतारी झापाले साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालदेखि सामुहिक सडक देउसी खेल्दै आएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । संस्थाले बिर्तामोडको दुर्गा मन्दिरमा आयोजना गरेको सामुहिक सडक देउसी कार्यक्रम साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना दिएका थिए ।
बिर्तामोडको दुर्गा मन्दिरबाट ब्यानरसहित शुरु भएको सडक देउसीसहितको ¥यालीले बिर्तामोड नगर परिक्रममा गरेको थियो । ¥यालीमा साहित्यकार खगेन्द्रा खुशी, देवी प्रसाईं, खगेन्द्र मैनाली, कमला मैनाली पुण्य बराल लगायतले देउसी भट्याएका थिए ।

त्यस्तै ¥यालीपछि आयोजित कार्यक्रममा लोक गायक युवराज पोर्तेल, मेनुका चुडाल खरेल, कृपा पौडेल, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, माधव सिटौला, भीमादेवी खतिवडा लगायतले गीत तथा देउसी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, वडा सदस्य हर्कमाया विक, साहित्यकार, राजेन्द्र संग्रौला, तुलसीप्रसाद भट्टराई, ज्ञानुराम प्रसाईं, भानु शिवाकोटी, पार्वता खरेल विमली, तीलरुपा श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, ईश्वरा श्रेष्ठ, श्याम ताम्राकार, कृष्ण पाठक लगायतले साहित्य चौतारीले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा साहित्य चौतारीका संस्थापक उपाध्यक्ष शेखर ढकाल, वर्तमान उपाध्यक्षहरु कृष्ण निराकार, कृष्ण योञ्जन, सल्लाहकार हस्त परिवार, कोषाध्यक्ष भवानी र्गौतम, सचिव दिलीप घिमिरेलले लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए । साहित्य चौतारीका संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, गर्व श्रेष्ठ लगायतको आतिथ्यमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *