October 12, 2026

महिला सांसदलाई लाग्यो कर्मचारीसँगको यौनसम्बन्धको आरोप, पदबाट राजीनामा

0

एजेन्सी ।

अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ। क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ।

त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको सम्बन्ध रहेको समाचारमा उल्लेख छ। ती सांसदको कर्मचारीसँग अफेयर रहेको भन्दै उनिहरुको नाङ्गो तस्विरहरु समेत सार्वजनिक गरेको थियो। सांसदका श्रीमान केन्नी हिसेल्पसँग उनको डिभोर्सको प्रक्रिया सुरु भएको छ।

संसदका कर्मचारीसँग सम्बन्ध रहेको समाचार सार्वजनिक भएसँगै उनले सांसद पदबाट राजीनामा दिएकी छन्। उनले राजीनामा दिंदै भनेकी छन् ‘टुटेको दिलसहित आज कांग्रेसबाट राजीनामा दिने घोषणा गर्दैछु।

यो अहिलेसम्मकै मेरो लागी कठिन काम हो, तर मेरो विचारमा यो समुदाय र देशको लागी राम्रो कुरा हो। ’ ३२ वर्षीया हिलले लसएन्जलसमा रिपब्लिकनको कब्जा रहेको उत्तर पुर्वी क्यालिफोर्नियाबाट उपनिर्वाचन जितेकी थिईन। उनलाई संसदका विभिन्न महत्वपूर्ण समितिमा जिम्मेवारी दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *