October 16, 2026

 

ए सेल्फिस जमानाका
सेल्फी प्रेमी हो
कस्तो मोह तिम्रो सेल्फीको
मानौ
हातको स्मार्ट फोन
मात्र सेल्फी खिच्नको लागि हो

तिम्रो सेल्फी मोहले
कति आक्रान्त बन्दै छ
पारिवारिक सम्बन्धहरु

छ्ट्पटाइ रहेको आइसियुको
बिरामी बोल्न नसके पनि
सोचिरहदों हो
एक दर्जन प्रियजनहरु आउदै
सेल्फी खिच्दै जान्छ्न
मलाइ नै भेट्न आएका हुन या
सेल्फी खिच्ने उपर्युक्त ठाउँ खोज्दै आएका हुन

जल्दै गरेका ती चिता माथिका
लासहरुले
सोच्दा हुन
यो कस्तो यन्त्र बनेछ
मानवलाई मानव हैन
अर्कै दुनियाको यन्त्र मानव बनाइरहेछ
नचाइरहेको छ
उ आफ्नो इसारामा
मान्छे रमाइ रहेको छ
बिउटी प्लस बाट सेल्फी खिचेर

उफ !!
जल्दै गरेको चिता सामु उभिएर
खिचेको तिम्रो सेल्फी कति राम्रो
वाह वाह भनौ या
राम राम भनु
के भनु सार्है दोधारमा परे !!

 रमा भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *