October 16, 2026

समाजवादी फोरम र नयाँ शक्ति पार्टी भद्रपुर बीच एकीकरण

0

भद्रपुर ।

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बिच भद्रपुर नगर समिति एकीकरण सम्पन्न भएको छ ।

दुई पार्टी बिचको केन्द्रीय एकीकरण नीति अनुरूप समाजवादी पार्टी नेपाल निर्माणका क्रममा भद्रपुर नगर समिति समायोजन सम्पन्न गरिएको हो ।

समायोजित समितिमा अध्यक्ष शत्रुधन चौधरी, उपाध्यक्ष सरस्वती कन्दङ्वा, सुमत कामती र दीपेश रणपहेँली, सचिव डुक्पा राइृ, सहसचिव पिङकी मण्डल तथा कोषाध्यक्षमा विकाश कुमार गुप्ताले जिम्मेवारी पाएका छन् ।

नगर समितिमा ६१ सदस्यीय समिति रहने गरी जिम्मेवारी बाँडिएको छ ।

शत्रुधन चौधरीको अध्यक्षता तथा तेजलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा जिल्ला अध्यक्ष दिपेनबाला राई, केन्द्रीय सदस्य पृथ्वी बहादुर कार्की, पुष्प पौडेल, विद्यार्थी नेता दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *