September 21, 2026

भीरबाट लडेर एक युवतीको मृत्यु

0

सोलुखुम्बु,

जिल्लाको खुम्बु पासङल्हामु गाउँपालीका १ बुक्सामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।

घाँस काट्न जाने क्रममा माप्यदुधकोशी गाउँपालीका १ जुभिङका १९ वर्षीया अरुणा राईको लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा टोली खटिएको छ।

घटनाको विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नारयणप्रसाद चिमाेरियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *