September 21, 2026

नगदसहित सात जुवाडे पक्राउ

0

चितवन,

चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट रु ७८ हजार ५०५ सहित नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय राजेश विक, भरतपुर–१ का ३५ वर्षीय कपिल गुरुङ, भरतपुर–१ कै ३५ वर्षीय सरोज पोखरेल, भरतपुर–२ क्षेत्रपुरका ३१ वर्षीय विशाल लामा, गैँडाकोट–९ का ३४ वर्षीय कर्म गुरुङ, भरतपुर–१ का ३५ वर्षीय राजन ठकुरी र लमजुङका ३२ वर्षीय एडेन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *