September 19, 2026

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन

0

काठमाडौँ,

दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यले दलित अधिकारकर्मी धरम विश्वकर्माको संयोजकत्वमा सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय मञ्च गठन गरिएको छ ।

काठमाडौँमा सम्पन्न ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा दलित समुदायको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्न सो मञ्च गठन गरिएको दलित अधिकारकर्मी सरु सुनारले जानकारी दिनुभयो ।

मञ्चको सदस्यहरुमा धनबहादुर सार्की (युरोप), गोपाल विश्वकर्मा (अमेरिका), शेरबहादुर सुनार (बेलायत), सरु सुनार (नेपाल), जीवन सुनार (कुवेत), नवराज विक (कतार), बाबुराम विश्वकर्मा (दुबई), प्रेम परियार (नर्वे), बलराम सुनार (अस्ट्रिया), दुर्गा विश्वकर्मा (पोर्चुगल), राजेश सुनार (जर्मनी), गोविन्द विक (हङकङ), नवीन विक (चीन) र डा विष्णुमाया परियार (अमेरिका) हुनुहुन्छ ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका सङ्घसंस्थाघद्वारा मङ्गलबार सम्पन्न सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्नेलगायत नौ बुँदे घाषणापत्र जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *