June 14, 2026

‘भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ’

0

माेरङ,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए।

सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए। मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए।

उनले भने,’सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ।’ जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए।

सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *