June 14, 2026

जन्मियो विश्वकै सानो बच्चा,तौल एउटा स्याउको जत्रो

0

एजेन्सी,

बेलायत बेलायतको एक अस्पतालमा ६ सय २५ ग्राम वजन ग्रामकी एक बालिकाको जन्म भएको छ। र ती बालिका जन्मिएको समय उनको तौल एक स्याउको जत्रो थियो।

जसको नाम डेजी शेरवुड राखिएको छ । जसलाई विश्वकै सबभन्दा सानो आकारको बालिका भनी समाचार सार्वजनिक भएको छ। उक्त बच्चि अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । १८ जुलाईको महिनामा बालिका जन्मिएकी हुन् ।

जन्मिएको पाँच दिनपछि मात्र रोएकी बच्चीको जीवितै रहने आशा निकै कम थियो। त्यसबेला डाक्टरले पनि ती बालिकाको बाबु–आमालाई बच्चा केही घण्टाको लागि मात्रै जीवित रहने बताए पनि त्यो सबै गलत साबित भएको छ । ५ महिनासम्मको कडा निगरानीमा उपचारपछि उनी अहिले स्वस्थ भई डिस्चार्ज गरिएको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *