September 19, 2026

कृष्णजन्माष्टमी मनाइयो

0

बिर्तामोड।

श्रीकृष्णजन्माष्टमी पर्व देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

यसै अवसरमा नेपाल मानव धर्म सेवा समिति बिर्तामोड शाखाको आयोजनामा बिर्तामोडमा श्रीकृष्णजन्माष्टमी पर्व मनाइएको छ । नेपाल मानव धर्मकी सन्त महात्मा तुलसी बाइजीको अध्यक्षता तथा शंकराचार्यपीठ साधुटारका आचार्य छन्दुराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकी सल्लाहकार सीता घिमिरेले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वा, पूर्व जनप्रतिनिधि प्रेमप्रकाश सिटौला, नेपाल मानव धर्म सेवा समितिकी मेची अञ्चल उपाध्यक्ष भीमा भट्टराई, वरिष्ठ सल्लाहकार अशोक सुब्बा लगायतले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको र त्यसको अनुशरण सबैले गर्नुपर्ने बताए ।

नेपाल मानव धर्मकी सन्त महात्मा तुलसी बाइजी लगायतले आर्शिवचन दिएको कार्यक्रममा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन, नृत्य लगायत गरिएको नेपाल मानव धर्म सेवा समिति मेची अञ्चलकी सल्लाहकार ईश्वरा श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमको सञ्चालन नेपाल मानव धर्म सेवा समिति मेची अञ्चल सचिव इन्द्र श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *