September 17, 2026

भविका पुरस्कार घोषणा

0

बुधबारे।

बुद्धशान्ति गाउँ पालिकामा सञ्चालित घरदलान साहित्य कार्यक्रममा भविका पुरस्कारको घोषणा गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि प्रकाश न्यौपानेले आफ्ना पिता भक्तिप्रसाद न्यौपाने र आमा बिमला न्यौपानेको नाममा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

घरदलान साहित्यको वर्ष कविलाई प्रदान गर्ने गरी नगद रु. पाँच हजार एक रुपैयाँको उक्त पुरस्कार बुद्धशान्ति– १ निवासी स्रष्टा विष्णु पोखरेल र मैयादेवी पोखरेलको घरदलानमा आयोजित २१औं श्रृंखलामा घोषणा गरिएको थियो ।

कवि न्यौपानेले सो पुरस्कार आगामी मंसिरमा घरदलान साहित्य अभियानको दोस्रो वार्षिकोत्सवमा वितरण गर्ने घोषणा गरे । सोमनाथ भट्टराईको अध्यक्षतामा भएको २१औं श्रृंखलालाई मैयादेवी पोखरेलले स्वागत गरेकी थिइन् ।

अभियन्ता गणेश निरौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्रष्टाहरू बेनुप्रसाद पनेरू, टंक विकल्प, जय भण्डारी, हेमन्ता भण्डारी, धनबहादुर श्रेष्ठ, सिपी पौड्याल, प्रकाश न्यौपाने, राजु पौड्याल, भुवन तामाङ, जयनारायण अधिकारी, शशिधर भण्डारी, दुर्गा आचार्य, खगेन्द्र निरौला र निल तिम्सिनाले रचना वाचन गरेका थिए ।

हरि काफ्ले र माधव तिम्सिनाले गीत गाएको कार्यक्रममा बाल स्रष्टाहरू अमोल पोखरेल, पल्लवी पोखरेल, डेनिस अधिकारी, रसिक दाहाल, अमृत पोखरेल, विपीन निरौला प्रशान्त भट्टराई लगायतले रचना वाचन गरेका थिए ।

पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल र शिवप्रसाद भट्टराईले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विष्णु पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *