June 19, 2026

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाले ज्यान गुमाए

0

ढाका,
बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् ।

लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ । तर यो बर्ष डेङ्गुले एशियाली केही मुलुकहरूमा जटिल समस्याका रूपमा देखा परेको छ ।

बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् । सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कमा उल्ेलख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताउनुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।”तर बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए ।

बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् ।यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताउनुभएको छ ।

“बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ,” स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताउनुभयो ।“विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकहरूलाई जटिलता देखिएको छ,” एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *