June 14, 2026

छमछमीकी दिलमायाले दिल मागेपछि …

0
बुद्धशान्ति, झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बु रियो छमछमी नृत्य प्रतियोगीताको टप ११ मा छनौट भएकी छिन् । प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी टप १२ बाट टप ११ मा आएकि छिन् । उनले सर्बाधिक मत ल्याउँदै उत्कृष्ट ११ मा आउन सफल भएको दिलमाया जिताउँ अभियानकर्ता तथा गायक सत्य प्रकाश लिम्बुले बताए । त्यसैले उत्कृष्ट ११ बाट १० मा जानलाई सम्पुर्णलाई भोट गरिदिन उनका भेना सागर लिम्बुले आग्रह गरेका छन् ।
यही साउन २५ गते राती १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र साउन ३० गते बिहिबार दिउँसो १२ बजेसम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् । उनलाई भोट गर्नका लागि आफ्नो मोबाइलको मेसेश बक्समा गई Cc टाइप गरि एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन सोरठी कला प्रतिष्ठानका प्रमूख तथा उनका दाजु ज्ञानु सुब्बाले अनुरोध गरेका छन् ।
बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी मनिषा सानै उमेर देखि नृत्यमा रुची राख्थिन् । झापा नृत्य कलाकार संघको क्षेत्रिय कोषाध्यक्ष समेत रहेकी लिम्बु सोरठी कला केन्द्रकी नृत्यकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *