September 16, 2026

हिरासतको ताला तोडेर थुनुवा फरार

0

झापा,केहिदिन अघि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रण लिएको थुनुवा फरार भएको घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर दुई भारतीय थुनुवा फरार भएका छन् । प्रहरी हिरासतमा रहेका दुई  भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएका हुन् ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेका छन् । यता प्रहरीको निगरानी हुँदाहुँदै हिरासत कक्षकै ताला फोडी कैदी भागेपछि प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।

फरार भएका दुवै भारतीय थुनुवाको खोजी भइरहेको प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए। थुनुवा फरार भएपछि डियुटीमा रहेका केही प्रहरीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ । यता केहिदिन अघि लागू औषधसहित पक्राउ परेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको थियो। हिरासतमा रहेका गमजेरलाई स्वास्थ्य परीक्षण गराउन अस्पताल लगिएको अवस्थामा त्यहीँबाटै फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *