प्रहरी सक्रियतासंगै झापामा अपराधका घटनामा कमी
पकंज शर्मा/ झापा ।
जिल्ला प्रहरी कार्यालय झापामा अपराधका घटनाहरुमा बिगत बर्ष भन्दा आर्थिक बर्ष ०७५/०७६ मा कमी आएको छ ।
बर्ष ०७४/०७५ मा जिल्ला प्रहरी कार्यालयमा १ हजार ६ सय ८७ बटा मुद्धा दर्ता भएका थिए । त्यस्ता अपराधमा सलंग्न अभियुक्त १ हजार ४ सय ३२ जना पुरुष , २ सय १३ महिला र विदेशी नागरिक ५५ जना पक्राउ परेका छन् ।
आर्थिक बर्ष ०७५/०७६ मा १ हजार ४ सय ६२ वटा मुद्धा दर्ता भएकोमा १ हजार १ सय २२ जना पुरुष, १ सय ४ महिला र ४४ जना विदेशी नागरिक पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार १ सय ४ जना फरार रहेका छन् र झापामा प्रहरी सकृयता बढेको हुनाले अपराधमा कमी आएको बताउछन् ।
गतबर्षको तुलनामा आर्थिक बर्ष ०७५/०७६ मा झापामा झुण्डि आत्महत्या ४० ,जबरजस्ती करणी २९ , जबरजस्ती करणी उद्योग मा ११ र बहुविवाहमा १२ जनाले वृद्धि भएको तथ्याकंमा पाइएको छ ।
