September 14, 2026

झापामा चिर्पटले हानेर छोराले गरे बुबाको हत्या

0

झापा ।

आफ्नै छोराले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन्।

झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै अन्दाजी ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रवार बिहान ७ बजेको समयमा बुबा छोराबिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यता बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *